+
+

इन्धनको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन, १० भन्दा बढी घाइते

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असार ६ गते २०:२९

६ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्‍यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?