+
+

ललितपुरको जोड : ट्राफिक व्यवस्थापन र ‘नसुत्ने पाटन’

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार ७ गते २१:४०

७ असार, काठमाडौं । सांस्कृतिक सहरका रुपमा परिचित ललितपुरलाई महानगरपालिकाले सहरी यातायात व्यवस्था सुधारको लागि अग्रसर देखिएको छ । त्यसैअनुसर सोमबार ललितपुर महानगरपालिकाले ट्राफिक तथा यातायात व्यवस्थापनका लागि २१ बुँदे कार्ययोजना सार्वजनक गर्‍यो ।

बढ्दो ट्राफिक जाम घटाउने र सडक तथा सवारीको व्यवस्थापन वैज्ञानिक ढंगबाट गर्ने आएको यसले ललितपुरको मुख्य सहरलाई राती पनि ब्युँझै राख्न सघाउने दावी महानगरको छ ।

दोस्रो कार्यकाल सुरु गरे मेयर चिरिबाबु महन भन्छन्,”पाटन सिटी सुत्दैन” भन्ने अवधारणासहित योजना ल्याएका हौं ।’  मेयर चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेपछि ट्राफिक व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्न थालेका हुन् ।

ट्राफिक व्यवस्थापन

कार्ययोजना अनुसार महानगरपालिकाले ५ स्थानमा ट्राफिक लाइट तत्काल जडान गर्ने भएको छ । बखुण्डोलबाट झम्सिखेलतर्फ जानेबाटो एकतर्फी गरिएको छ । यो रुटमा ४ पांग्रे सवारीसाधनको लागि विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म एकतर्फीरुपमा सञ्चालन हुनेछ । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार एकतर्फी गरिएको बाटोको विकल्पमा पुल्चोकको बाटो र सानेपाको बाटोलाई राखिएको छ ।

साइकल लेनमा सवारी पार्किङ गर्न नदिन महानगरले कडाइको नीति लिने पनि बताएको छ । यस्तै पाटनदरबार क्षेत्रभित्र सवारी निषेध गर्ने निर्णय पनि महानगरले गरेको छ ।

ललितपुर महानगरले अब लगनखेल बसपार्क अब ‘बस स्टप’को रुपमा परिणत गर्ने योजना ल्याएको छ । लगनखेलमा अब रुट अनुसारका दुईवटासम्म मात्रै गाडी रोक्न पाइने नियम ल्याएको छ ।

लगनखेल बसपार्कबाट विहान र बेलुका छुट्ने सवारीको समय निश्चित गर्ने योजना पनि महानगरले ल्याएको छ ।

लगनखेल क्षेत्रमा राति कुनैपनि सवारी पार्किङ गरेर राख्न नपाइने कार्ययोजनामा छ । ललितपुर महानगरले ट्राफिक व्यवस्थापनको लागि लगनखेल र जावलाखेलमा बहुतल्ले पार्किर्ङ निर्माण गर्ने योजना अगाडि सारेको छ ।

सपिङ मल र व्यवसायिक भवनहरुको नक्सा अनुसार पार्किङ नराखिएको पाइए तत्काल राख्न लगाउने नीति पनि महानगरले लिएको छ ।

निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक-चोेकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि महानगरले ल्याएको छ ।

थापाथली पुलदेखि कानदेवतास्थानसम्म दुर्घटना हुनसक्ने गरी राखिएको सिमेन्टको ब्लक हटाएर प्लाष्टिकको डिभाइडर राख्ने निर्णय महानगरले गरिसकेको छ । यस्तै अस्पताल र स्कुल अगाडिको जेब्राक्रसिङमा संकेत बत्ती राख्ने योजना पनि महानगरले अघि बढाएको छ ।

ट्राफिक व्यवस्थापनको लागि ल्याइएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सुरु भइसकेको ललितपुर नगर प्रहरीले जनाएको छ ।  ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार २१ बुँदे कार्ययोजनामध्ये एकतर्फी सवारी सञ्चालन, लगनखेलमा बसपार्क हटाउने, साइकल लेनमा सवारी पार्किङ गर्न नदिने, पाटन दरबार क्षेत्रमा सवारी निषेध गर्ने र स्थलगत कारबाही गर्ने काम आइतबारबाट नै सुरु भइसकेको छ ।

‘महानगरपालिकाले सार्वजनिक गरेको कार्ययोजनाहरु हामीले कार्यान्वयन सुरु गर्न थालेका छौं । यहाँका स्थानीय र सवारी चालकहरुबाट पनि राम्रो प्रतिक्रिया आएको छ,’  नगर प्रहरी प्रमुख हाछेथुले भने,’ केही योजना भने भौतिक पूर्वाधारहरु बनाएर मात्रै कार्यान्वयन गर्न सकिन्छ ।’

पर्यटनमा जोड

महानगरले भित्री शहर, पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय नियोग, कुटनीतिज्ञहरुको बसोबास भएको क्षेत्रलाई उच्च प्राथमिकता राखेर व्यवस्थापन थालेको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

शहरलाई स्वच्छ, शान्त र व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन र भित्री शहरीहरुलाई २४ सै घण्टा खुला बनाउन प्रयास थालिएको बताए । ‘पाटन सहरमा पछिल्लो समय विस्तार भएका राम्रा -राम्रा रेष्टुरेन्टहरुलाई पूर्ण व्यवसायिक क्षमताको चलाउने वातावरण बनाइदिन प्रयासरत छौं,’ उनले भने,’यसले पर्यटकीय गतिविधि बढेर सहरलाई जीवन्त राख्न मद्धत गर्छ ।’ मेयर महर्जनले पाटन वरिपरि रातभरि रेष्टुरेन्ट, ‘स्ट्रिट फूड’ व्यवसाय हुनेगरी पर्यटक ल्याउन आवश्यक वातावरण बनाउन खोजेको बताए ।

‘पर्यटकीय क्षेत्रमा सवारी साधनहरुको कोलाहल नहुने वातावरण बनाउन लागिरहेका छौं,’ उनले भने,’आवासीय क्षेत्र र कुटनीतिज्ञहरु बस्ने क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनको दृष्टिकोणले राम्रो गर्न खोजेका छौं, त्यसको ललितपुरको अन्तर्राष्ट्रिय छवी झन राम्रो हुन्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?