+
+

दीयाले खुलाइन् यौन दुर्व्यवहारका दुई घटना, भन्छिन्- अहिले भेटें भने छाड्नेवाला छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:४९

काठमाडौं । अभिनेत्री दीया मास्केले आफ्नो जीवनमा भएका दुईवटा यौन दुर्व्यवहारका घटनाबारे खुलासा गरेकी छन् ।

हालै एक अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल र विद्यालय जीवनमा भोगेका दुई घटनादेखि पछिल्लो फिल्म ‘प्रकाश’को सुटिङ सेटमा समेत दुर्व्यवहार भोग्नुपरेको अनुभव बाँडेकी छन् । दीयाले दुर्व्यवहारविरुद्ध बोल्न जरुरी रहेको पनि बताइन् ।

उक्त अन्तर्वार्तामा दीयाले यसरी ती घटनालाई बताएकी छन्-

मेरो विचारमा संसारमा सायदै कोही पनि केटी यौन दुर्व्यवहारमा नपरेका होलान् । कहीं ठूलो घटना घटेको छ र कहीं सानोतिनो । सानो घटनाले पनि केटीलाई मनोवैज्ञानिक रुपमा जिन्दगीभर असर पार्छ ।

तपाईंलाई ‘जुन त लाग्यो ताराले’ गीत थाहा हुनुपर्छ । म त्यो बच्चाहरुको ग्रुपमा थिएँ मेरै स्कुलमा । आठ वर्षका बच्चाहरु थियौं । ती बच्चामध्ये ठूलो म नै थिएँ । बसमा हामी खप्टेर सुतिरहेका थियौं । हाम्रो पिरियड पनि भएको थिएन ।

ममाथि थिएँ सबभन्दा । मलाई केही असजिलो महसुस भयो । आँखा खुल्यो मेरो । त्यो बसको ड्राइभरले मेरो ब्रेस्ट समातिराख्या थियो । त्यसरी छुँदा त्यो बच्चालाई के रमाइलो भएको होला ? कम्तीमा त्यो मान्छे ३० वर्षको होला । मलाई डर लाग्यो त्यसबेला ।

त्यही पनि छुटेको बहाना गरेर छोड्दिएँ । आठ वर्षको बच्चालाई के थाहा ? त्यो कुरा फिल्ममा मात्र हुने होइन, मलाई स्कुलको टिचरले पनि गरेको छ । मलाई किस गरे तँलाई पास गर्दिन्छु भन्या छ, म्याथ टिचरले । सिरियस्ली सर, तपाईंलाई अहिले मैले भेटें भने म छोड्नेवाला छैन । तपाईंलाई म एक झापड चाहिं दिन्छु ।

सिरियस्ली मैले किन विरोध गरिनँ भनेर मलाई अहिले आफैसँग रिस उठेको छ । यी घटनाले मनोवैज्ञानिक रुपमा एउटी केटी मान्छेलाई जिन्दगीभर पछ्याउँछ । यसबारे समाजले विचार गर्नुपर्छ जस्तो लाग्छ ।

यस्तो कुरा बाहिर भन्न गाह्रो छ । १० वर्ष वा २० वर्षपछि पनि यस्तो कुरा आउन सक्छ, तर सुन्नु चाहिं पर्छ । हाम्रो समाजमा यस्तो छ, त्यो तपाईंलाई पनि थाहा छ । दुर्व्यवहार छ हाम्रो समाजमा भन्न सकिंदैन, तर अहिले चाहिं म भन्न सक्छु ।

जुम्लामा प्रकाश फिल्मको सुटिङ गर्दाखेरि त्यहाँको एक जना पत्रकारले छोटो लुगा लगाएर बलात्कारको घटना बढेको भनेर भन्नुभयो । यति भने पनि म हेरेको हेर्‍यौं भएँ, अनि उठेर गइदिएँ । अर्को सरले सम्झाएपछि उहाँ जानुभयो ।

६ महिनाको बच्चाको रेप भइरहेको छ के त्यो छोटो लुगा लगाएर भएको हो । यो छोटो लुगाको प्रब्लम होइन, दिमागको प्रब्लम हो । गएर उपचार गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?