+
+

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते ७:२०

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ ।

आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे ।

मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको थियो  त्यसपछि आगलागी भएको थियो । विमान एयरपोर्टमा रहेको एउटा क्रेनसँग ठोकिएको पनि थियो ।

उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसार अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

समाचार संस्था एपीका अनुसार रेड एयरको उक्त विमान डोमिनिकल रिपब्लिकबाट सेन्टो डोमिंगो आएको थियो । घटनापछि केही उडान रद्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?