+
+

नेकपाको पुनरोदयका लागि वामदेवको प्रस्ताव : एकल अध्यक्ष, प्रत्यक्ष निर्वाचित राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १९:११

११ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकताका लागि वार्ता थाल्ने भएका छन् ।

शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले वार्ता कमिटी बनाउने प्रस्ताव गरेका हुन् । उनले भनेका छन्, ‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं ।’

जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने उनले बताएका छन् । यो सम्भव नभए एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ ।’

नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएको भएका सहमति र समझदारीहरुलाई नै संशोधनसहित अघि सारेका छन् ।

दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने भन्दै गौतमले आफ्नो राजनीतिक प्रस्तावमा भनेका छन्, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।’

गौमतले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिने पाउने व्यवस्था गर्ने प्रस्ताव पनि गरेका छन् ।

हेर्नुहोस् बामदेवको  राजनीतिक प्रतिवेदन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?