+
+

पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १३:५९

१२ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं-मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?