+
+

सेयर बजारमा नाटकीय बढोत्तरी, २१ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १५:१४

१२ असार, काठमाडौं । आइतबार सेयर बजारमा नाटकीय बढोत्तरी देखिएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ ।

कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

विकास बैंक उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइन्यन्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको बृद्धि देखिएको छ ।

आज कुमारी बैंक सबै भन्दा धेरै कारोबार हुने कम्पनी बन्यो । उक्त कम्पनीको ४ लाख २९ हजार ५०१ कित्ता सेयर दोस्रो बजारमा ८६ करोड ४३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

हिमालयन डिष्टीलरीको ८३ करोड ७९ लाख, ङ्यादी ग्रुप पावरको ८३ करोड ३५ लाख र नबिल बैंकको ६७ करोड मूल्य बराबरको सेयर खरिद बिक्री भयो ।

दोस्रो बजारमा कुनै पनि शेयरको मूल्य नघटेको दिन आइतबार डिबेन्चरको मात्र मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक डिवेन्चर २०८४, एनआइसी एशिया डिभेन्चर २०८५ र आइसी एफसी डिभेन्चर २०८३ को मूल्य २ प्रतिशत हारहारीले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?