+
+

६ जना सांसद लिएर पार्टी फुटाउने कुरा हल्ला हो : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते २०:५१

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादी विभाजनको हल्ला गलत भएको बताएका छन् ।

बुधबार वक्तव्य जारी गर्दै खनालले जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि एकीकृत समाजवादी फुट्ने गलत हल्ला चलेको बताएका छन् ।

‘…केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजन हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रुपले फैलाइएको छ’, खनालको वक्तत्वमा भनिएको छ, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रुपले यस्तो प्रचार गरेका छन् ।’

पूर्वप्रधानमन्त्री खनालले पार्टी दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा रहेकाले एकतावद्ध भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

‘क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔं, पार्टी महाधिवेशनलाई भव्यताका साथ सफल बनाऔं’, खनालको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?