+
+

एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, २३.८५ अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १५:२५

१३ असार, काठमाडौं । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन पनि नटिकी पुनः ओरालो लागेको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ ।

कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।

सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ । कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे रह्यो ।

दोस्रो बजारमा सीवाईसी नेपाल लघुवित्त, ङ्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ता धेरै कमाउनेमा दरिए । यस्तै बजारमा धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त, प्राइम डिबेञ्चर र तेह्रथुप पावर कम्पनी लगायत रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?