+
+

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १०:१०

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ ।

क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष बनेका थिए ।

मंगलबारै फिफाले पनि नेम्वाङलाई बधाई दिएको थियो । बधाई दिने क्रममा कतारले एन्फासँगको बलियो सम्बन्धलाई निरन्तरता दिँदै अघि बढ्ने बताएको छ ।

कतारले नेपालको फुटबल विकासका सहयोग पनि गर्दै आएको छ । जसमध्ये मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी पनि हुन् । नेपाली राष्ट्रिय फुटलब टिमका मुख्य प्रशिक्षक अलमुताइरको तलब खर्च क्युएफएले नै व्यहोर्दै आएको छ ।

तर नेम्वाङ र अलमुताईरीबीचको सम्बन्ध राम्रो छैन । नेम्वाङले चुनाव जितेपछि अलमुताइरीलाई निरन्तरता दिन्छन् दिन्नन् भन्ने चासो छ । एन्फा पनि उनीसँग छलफलमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?