+
+

‘लण्डन टु पेरिस’को सुटिङका लागि साम्राज्ञी र गरिमा बेलायत जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १२:२३

काठमाडौं । साम्राज्ञी शाह र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लण्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदैछ ।

फिल्म छायांकनका लागि निर्देशक घनश्याम लामिछानेसहितको टोली बुधबार दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । लामिछाने, कार्यकारी निर्माता अजितकुमार थापा र सहायक निर्देशक फिरोज खड्का दिल्ली हुँदै लण्डन जान लागेका हुन् ।

कलाकारको टोली चाहिं आउँदो साता बेलायत प्रस्थान गर्ने तयारीमा छन् । साम्राज्ञी र गरिमासहित फिल्ममा कबीर खड्का, निश्चल खड्का र लोकविक्रम मल्लको मुख्य भूमिका छ ।

यसैसाता फिल्म अभिनयको कार्यशाला सकिएको छ । कार्यशालाका केही ताजा तस्वीर प्राप्त भएका छन् । जहाँ गरिमा र साम्राज्ञीसहितका कलाकार पात्र मुडमा प्रस्तुत छन् ।

दिवाकर भट्टराईको निर्देशनमा लण्डनमा ‘हनी बनी’ छायांकन सकिएपछि ‘लण्डन टु पेरिस’ टिम त्यसतर्फ जान लागेको हो । भ्रमणमा आधारित प्रेमकथाको यो फिल्म बेलायत हुँदै पेरिससम्म सुटिङ हुने तयारीमा छ ।

पछिल्लो समय नेपाली डायस्पोरामा फिल्म छायांकन गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?