 
																			काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ दुई कारणले यतिबेला उत्साहित छन् । पहिलो उनी अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ भने अर्को उनी चाँडै पिता बन्नेछन् ।
पछिल्लो खबरले उनलाई बढी उत्साहित तुल्याएको छ । हुन त ‘फादरहुड’ प्रत्येक पुरुषको एउटा सपना पनि हो । यस्तोमा खुसी बाँड्नु स्वभाविक नै भइहाल्यो ।
पत्नी मार्था एली गर्भवती भएको खबर सुनाउँदै प्रशान्तले ‘अर्को सुरुवात’ भएको बताएका छन् । आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको उनले उल्लेख गरेका छन् ।

‘म उत्साहित छु । यो अर्को सुरुवात हो । म प्रेमको पर्खाइमा छु,’ प्रशान्त लेख्छन् । प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् । प्रशान्त अहिले भारतमै छन् र उनी चाँडै नयाँ फिल्मको लागि नेपाल आउने तयारीमा पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4