+
+

‘सम्झना बिर्सना’को ट्रेलर : पूजा-आकाशको प्रेममा जब छुल्ठिमको प्रवेश हुन्छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते ११:३०

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्म असार ३१ गतेदेखि प्रदर्शन हुँदैछ ।

निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, संवेदना र रहस्यको मिश्रण छ ।

चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा चित्रण गरिएको छ । दार्जिलिङ, सिलीगुडी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा कलाकारहरु आकाश र पूजासहित सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणा अटाएका छन् ।

प्रदर्शनको मिति नजिकिंदै जाँदा निर्माण पक्षले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत ‘परेलीमा लुकाउँछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले चर्चित छन् ।

आदित्य फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेष स्वयंको संगीत छ ।

कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ । पूजा र आकाशको जोडी चार वर्षको अन्तरालपछि ठूलो पर्दामा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?