+
+

२७ लागिन् स्वस्तिमा, अनाथ बालबालिकासँग मनाइन् जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १६:०७

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् । सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।

उनले यसपटकको बर्थडे भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् । आइतबार बिहानै त्यहाँ पुगेकी स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गरिन् ।

स्वस्तिमालाई सामाजिक सञ्जालमा बर्थडे शुभकामना पनि मिलिरहेको छ । फिल्मकर्मीदेखि फ्यानहरुले उनलाई शुभकामना दिइरहेका छन् ।

स्वस्तिमा अभिनित फिल्म ‘चिसो मान्छे’ हालै रिलिज भएको थियो र यसबाट उनले अभिनयको राम्रो प्रतिक्रिया पनि प्राप्त गरेकी छन् । यससँगै उनी अन्य केही फिल्ममा समेत व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?