+
+

सरकारी गाडीको ठक्करबाट घाइते भएकाको उपचार खर्च प्रदेश १ सरकारले बेहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २०:१०

२१ असार, विराटनगर । प्रदेश १ मन्त्रीपरिषद् बैठकले सरकारी गाडीको ठक्करबाट घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रयोग गर्ने सरकारी गाडीको ठक्करबाट घाइते र मृत्यु भएकाको उपचार खर्च बेहोर्ने निर्णय गरेको हो ।

२०७७ फागुन ८ गते विराटनगरमा राजभण्डारीले प्रयोग गर्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । अर्का एक जना घाइते भएका थिए । दुर्घटनापछि दुवैलाई विराट मेडिकल कलेज उपचारका लागि भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारको खर्च तिर्न अझै बाँकी छ । बीमाले कभर नगरेको रकम सरकारले तिर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्रोतका अनुसार उपचार खर्चका लागि ६ लाख १७ हजार रुपैयाँ निकासाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्वीकृत आइसकेको छ । मन्त्रीपरिषदको निर्णयपछि पैसा निकासा हुनेछ ।

मन्त्रिपरिषद् बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोस्रो संशोधन प्रस्ताव पारित गरेको छ ।

नियमावलीमा थोक बजारमा लेखा अधिकृतको दरबन्दी रहेकोमा त्यसलाई सच्याउँदै लेखा अधिकृतस्तरको कर्मचारी भन्ने शब्द थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?