+
+

अर्थमन्त्रीबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २२:४०

२१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बजेट विवादबारे विषयमा छलफल भएको छ । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड मंगलबार साँझ बालुवाटार पुगेका थिए । दुई नेताबीच सकारात्मक कुराकानी भएको बताइएको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै अर्थमन्त्री जनादर्न शर्माको राजीनामा माग भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । तर लामो समयसम्म छानविन गर्नेतर्फ कदम नचालेपछि अर्थमन्त्रीको राजीनामा दिनुपर्ने माग चर्कोसँग उठेको छ ।

मंगलबार माओवादीको बैठकमा समेत यसबारे प्रश्न उठेपछि प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?