+
+

अर्थसचिव मरासिनी बिदामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ११:३१

२२ असार, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए ।

त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार अजित अधिकारी भने सचिव मरासिनीले  श्रीमती बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको जानकारी दिए ।

‘आज एक दिनका लागि बिदा बसेको भन्नु भएको छ, आवश्यक परे भोलि पनि बिदा बस्ने जानकारी गराएरै बस्नु भएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?