+
+

महिला युरो कप फुटबल सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १३:३९

२२ असार, काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप २०२२ आज बुधबारदेखि सुरु हुँदैछ । ओल्ड ट्राफोर्डमा हुने उदघाटन खेलमा आयोजक इंग्ल्यान्ड र अष्ट्रिया भिड्ने छन् ।

खेलअघि अष्ट्रियाकी कप्तान भिक्टोरिया स्यान्डरब्रेकले आफूहरु खेलका लागि निकै उत्साहित रहेको बताएकी छिन् । उनले भनेकी छन्, ‘हामी धेरै उत्साहित छौं । हामी यहाँ उपस्थित भएर खेल्न पाउनु हाम्रा लागि निकै विशेष छ । अन्य कुरा मैदानमा थाहा हुनेछ ।’

त्यस्तै इङ्ल्यान्डकी प्रशिक्षक सरिना विङ्म्यानले पनि खेलका लागि आफूहरु तयार रहेको बताएकी छिन् । ‘खेलका हामी तयार छौं । हामीले एक वर्ष भित्रमा धेरै खेल खेलेका छौं जसले हामीलाई जित्न मद्दत गर्नेछ’, उनले भनिन् ।
इंग्ल्यान्डमा आयोजना हुने महिला युरोमा १६ टोली सहभागी छन् ।

प्रतियोगितामा इङल्यान्ड, अस्ट्रिया, नर्वे, नर्दन आयरल्यान्ड, स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड, स्विडेन,नेदरल्यान्ड्स, पोर्चुगल, स्विट्जरल्यान्ड, फ्रान्स, इटाली, बेल्जियम, आइसल्यान्ड जस्ता टोलीहरु छन् । यी टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । हरेक समुहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस प्रतियोगिताका लागि कुल ५ लाख टिकट बिक्री भइ सकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?