+
+

मल्टिप्लेक्समा ‘थोर’को आक्रामक ओपनिङ संकेत, ‘दोख’को भविष्य ‘वर्ड अफ माउथ’मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १२:०२

काठमाडौं । मार्भल स्टुडियोको हलिउड सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत दिएको छ । बिहीबार मध्यान्हसम्म क्यूएफएक्स, आईएनआईसहितका मुख्य मल्टिप्लेक्सको बिहानी शोको ५० प्रतिशतभन्दा बढी टिकट अग्रिम बिक्री भइसकेको छ ।

वान सिनेमाज र बिग मुभिजमा पनि यस्तो ट्रेण्ड देखिएको सञ्चालकले जनाएका छन् । आईएनआई प्रमुख सुरेन्द्र थापाले सिनेप्लेक्ससहितका आउटलेटमा शुक्रबारको बिहानी शो सोल्डआउट भइसकेको बताए ।

क्यूएफएक्समा बिहानी शो लगभग सोल्डआउटको स्थितिमा छ । बिहीबार बेलुकासम्म शतप्रतिशत पुग्न सक्ने जनाइएको छ । चर्चित सुपरहिरो फिल्म थोरको सिक्वेल भएकाले पनि दर्शकमाझ यसको प्रतीक्षा थियो ।

‘बिहानी शो सबै सोल्डआउट हुनुमा यसका फ्यानको कारण भएको हुनसक्छ,’ थापाले अनलाइनखबरसँग भने ।

यसैबीच, भोलि नै रिलिज तयारीमा रहेको नेपाली फिल्म ‘दोख’को व्यावसायिक भविष्य भने यसको वर्ड अफ माउथमा निर्भर हुनेछ । अनुप बराल निर्देशित यो सोसल ड्रामाले ट्रेलरबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । ‘दोख’लाई १६ वर्षभन्दा मुनिका दर्शकलाई हेर्न अनुमति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?