+
+

शेखर कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ९:३९

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो ।

काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, विधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।

यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमासहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बैठक बस्न लागेको कोइराला पक्षका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?