+
+

यौन हिंसाका दोषीलाई सजाय कम भयो : कांग्रेस सांसद संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १४:०५

२७ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाएकी छन् ।

सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र संघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने माग समेत गरिन् ।

‘यस्ता घटनालाई रोक्न विधेयकमा गरिएको दण्ड सजायको जरिवानाले मात्रै हुन्न । त्यसैले हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई हेरौं । संयुक्त राष्ट्र संघको उदाहरणलाई हेरौं र यो कानुन निर्माण गरौं’ उनले भनिन् ।

सांसद संगौलाले बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको बताइन् । कानुन सुधार गरी त्यस्ता घटना अनुसन्धानको दायरामा आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?