+
+

हेटौंडामा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:२९

२७ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रदेखि नगरभित्रका विद्यालयमा कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्यक्रम लागू हुने र हाल पुस्तक छपाइ अन्तिम चरणमा रहेको मेयर मीनाकुमारी लामाले बताइन् ।

स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्षहरु संरक्षण र प्रवद्र्धनको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको उनले जानकारी दिइन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने उनले बताइन् ।

५० निजी र ७६ सामुदायिक गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले बताए ।

१६० पूर्णाक रहेको पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । जसमा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?