+
+

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २०:५३

२७ असार, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारले बताए ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेनसका तर्फबाट रतनलाल केडिया र पि्रमीयर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल सिद्धार्थको चुक्तापूँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ र पि्रमियरको एक अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ती र दायित्वको विस्तृत मुल्यांकन (डीडीए) पछि तया हुने उनले बताए ।

बिमा समितिले यहि वैशाखमा निर्जीवन बिमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर साढे २ अर्ब र निजन बिमा कम्पनीका चुक्ता पूँजी २ अर्बबाट बढाएर ५ अर्ब पुर्‍याउने निर्णय गरेको थियो । उक्त पूँजी वृद्धिको लागि २०८० चैत मसान्तसम्म्को समय दिएको छ ।

समितिको उक्त निर्देशनले पूँजीवृद्धिमा दवाब परेका बिमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गरिरहेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले यसअघि नै मर्जर सम्झौता गरेर बिमा समितिबाट स्वीकृति पनि पाइसकेका छन् ।

यस्तै जीवन बिमातर्फ सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स, प्राइम, गुारास र युनियमन लाइफ इन्स्योरेन्सल पनि मर्जरमा जाने सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?