+
+

आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’को सुटिङ सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते ११:४१

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’ को छायांकन सकिएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको फिल्मको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।

मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङको अभिनय रहेको छ । रेखा शाहले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राजकुमार थिङ र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको फिल्म लिलामान तण्डुकारले खिचेका हुन् ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्म मनोरञ्जनले भरपुर रहेको निर्देशक आलेको दाबी छ । पोस्ट प्रोडक्सन कार्यमा जुटिसकेको फिल्मको फस्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनिक गर्ने निर्माता पंगेनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?