+
+

एकसाथ दुईवटा मोबाइलमा ह्वाट्सएप चल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १२:३२

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा छिट्टै नै नयाँ फिचर आउने भएको छ । यो फिचर सुरु भएसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो एउटै अकाउन्ट दुईवटा मोबाइल फोनबाट चलाउन सक्नेछन् ।

केही समय अगाडि मात्रै च्याट प्लेब्याक तथा अन्डु डिलिट जस्ता फिचर सुरु गरेको ह्वाट्सएपले दुईवटा फोनमा एउटै अकाउन्ट चलाउन मिल्ने फिचर ल्याउन लागेको WABetaInfo ले जनाएको छ ।

ह्वाट्सएपका फिचरहरु ट्रयाक गर्ने वेबसाइट WABetaInfo का अनुसार ह्वाट्सएपले एकभन्दा बढी स्मार्टफोनमा आफ्नो ह्वाट्सएप अकाउन्ट एकसाथ लगइन गर्ने र अन्य डिभाइसमा च्याट हिस्ट्रीलाई तुरुन्तै सिंक गर्ने सुविधा दिनेछ । साथै एक भन्दा बढी स्मार्टफोनबाट च्याट तथा भिडियो कल समेत गर्न सकिनेछ ।

हाल ह्वाट्सएप प्रयोगकर्ताले एउटा स्मार्टफोनसँगै डेस्कटप कम्प्युटर तथा ल्यापटप गरी अन्य तीनवटा डिभाइसमा एउटा ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्दछन् । तर एकभन्दा बढी स्मार्टफोनमा एकैपटकमा एउटा अकाउन्ट लगइन गर्ने सुविधा उपलब्ध छैन । प्रयोगकर्ताहरुले एकभन्दा धेरै मोबाइल फोन चलाउने भएपनि एक पटकमा एउटा मोबाइलमा मात्र ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्दछन् ।

नयाँ फिचर आएसँगै प्रयोगकर्ताले थप एउटा मोबाइल फोनमा ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्नेछन् । यो फिचर सुरु हुनका लागि केही हप्तादेखि महिनासम्म लाग्नसक्ने बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?