+
+

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार १ साउनदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १३:३१
फाइल तस्वीर

२८ असार, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले १ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर पश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएको हो ।

गत २३ वैशाखमा दुवै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौता पश्चात दुवै कम्पनीले २ असारमा विषेश साधारण सभा बोलाएर मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । ८ असारमा बीमा समितिले मर्जरको अन्तिम स्वीकृत दिएको थियो ।

एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १००.८५ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी मर्जरमा जाने प्रस्ताव दुवै कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ हुनेछ ।

बीमा समितिले वैशाखमा नै बीमा कम्पनीहरुको चुक्ता न्यूनतम पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो। समितिले २०८० चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीलाई ५ अर्ब पूँजी कायम गर्न निदेशर््न दिएको छ । समितिले तोकेको पूँजी पुर्‍याउन बीमा कम्पनीहरुले धमाधम मर्जरको सम्झौता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?