+
+

वायन रुनी डीसी युनाइटेडको प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १३:२८

२९ असार, काठमाडौं । वायन रुनी डीसी युनाइटेडको मुख्य प्रशिक्षक बनेर अमेरिकाको मेजर सकर लिग (एमएलएस) मा फर्किएका छन् ।

डीसी युनाइटेडले पूर्व खेलाडी समेत रहेका रुनीलाई प्रशिक्षक नियुक्त गरेको हो । यसअघि ३६ वर्षीय रुनीले सन् २०१८ देखि २०२० सम्म त्यहाँ खेलेका थिए ।

इंग्ल्याण्डका पूर्व कप्तान रुनीको प्रशिक्षकको रुपमा यो दोस्रो क्लब हो । यसअघि उनले २०२० देखि २०२२ सम्म डर्बी काउन्टीको प्रशिक्षक सम्हालेका थिए । रुनीले गत मार्चमा डर्बी काउन्टी छाडेका थिए ।

रुनीले डीसी युनाइटेडको प्रस्तावपछि सुरुमा परिवारमा छलफल गरेर यो निर्णय लिएको बताए । डर्बी छाडेपछि इंग्ल्याण्ड र युरोपका अन्य क्लबले पनि प्रशिक्षकका लागि प्रस्ताव गरेको तर आफूले केही समय छुट्टी लिन चाहेको रुनीले बताएका छन् ।

इंग्ल्याण्ड र म्यानचेष्टर युनाइटेडका कीर्तिमानी गोलकर्ता रुनीले यसअघि खेलाडीको १८ महिना डिसी युनाइटेडमा बिताउदा टिमको कप्तानी समेत गरेका थिए । उनले यसअघि डीसी युनाइटेडमा ४८ खेल खेल्दै २३ गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?