+
+

राप्रपाले माग्यो ४ नेतासँग २४ घण्टे स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:३९
फाइल तस्वीर

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रशारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई उनीहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।

राप्रपाले पार्टीको हितविपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न नगराउन पार्टीका नेताहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?