+
+

फास्ट ट्र्याकमा डीपीआर नबन्दै २९ अर्ब खर्च

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १९:२१
फाइल तस्वीर

३० असार, काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्र्याक) मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृति नगरी बजेट विनियोजन गरी गरेर २९ अर्ब ७ करोड ६२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले ५९औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ आयोजनाको निर्माण कार्य सुरु गर्नु पूर्व आर्थिक कार्यविधि नियमावली, २०६४ विपरीत यसरी खर्च भएको उल्लेख छ ।

नेपाली सेनाका जनशक्ति प्रयोग गरी तथा निर्माण व्यवसायीसँग खरिद सम्झौता गरी सडक निर्माणमा रू. ११ अर्ब ५८ करोड ७ लाख तथा नेपाली सेनाका जनशक्ति प्रयोग गरी सडक निर्माण गर्न हेभी उपकरण खरिदमा ८८ करोड ५५ लाख ४४ हजार रुपैयाँ खर्च भएको महालेखाले जनाएके छ ।

नेपाल सरकारबाट स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार निर्माण हुने सडकको लम्बाइ ७६.२ किलोमिटरबाट ७२.५ किलोमिटर कायम भएको छ । कुल लम्बाइ ७२.५ किलोमिटरमध्ये ६.४१५ किलोमिटरको ३ सुरुङ तथा १०.५७६ किलोमिटर लम्बाइका ८७ पुल निर्माण हुने भई ५५.५० किलोमिटर मात्र सडक निर्माण गर्नुपर्ने अवस्था छ । डीपीआरपछि केही स्थानको रेखांकन समेत परिवर्तन भएको छ ।

‘यसबाट विस्तृत आयोजना प्रतिवेदन स्वीकृत हुनुभन्दा अघि भएका खर्च एवं निर्माण भएका संरचना नयाँ परियोजना प्रतिवेदनअनुसार निर्माण हुने संरचनाभित्र समावेश भई उपयोग हुने नहुने सम्बन्धमा आयोजनाले विश्लेषण गरेको पाइएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?