+
+
महालेखाको प्रतिवेदन :

पोखराका आधा प्याराग्लाइडिङ कम्पनीले नवीकरणविनै यात्रु उडाउँछन् 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १८:५६
फाइल तस्वीर

३० असार, काठमाडौं । शाहसिक खेल प्याराग्लाइडिङ आफैंमा जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि खेल सञ्चालनको जिम्मा लिएका कम्पनी अझ बढी जिम्मेवार हुनुपर्छ । तर, पोखरा महानगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीमध्ये आधाले दर्ता/नवीकरण नगरेको पाइएको छ ।

महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाको क्षेत्राधिकारमा कुल ६३ कम्पनी छन् । जसमध्ये २९ वटा कम्पनीले मात्र दर्ता/नवीकरण गरेका छन् । यस्ता कम्पनीले वार्षिक १ लाख रुपैयाँ प्याराग्लाइडिङ शुल्क बुझाउनु पर्छ ।

दर्ता भएका व्यवसायीले बुझाउनु पर्ने दर्ता शुल्क समेत बुझाएका छैनन् । यसरी नउठेको रकम ५३ लाख ५९ हजार रुपैयाँ असुल उपर गर्न बाँकी रहेको छ ।

डेभिड फल्सको जिम्मा लिएको कम्पनीले किस्ता तिरेन

पोखरा महानगरपालिकाले सेती खोँच (डेभिड फल्स) दृष्यावलोकनका लागि निर्माण सेवा कम्पनीसँग ६६ लाख ६६ हजारमा सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७७ कात्तिकसम्म अन्तिम किस्ता बुझाउनु पर्ने थियो । कम्पनीले भने २९ लाख ९८ हजार रुपैयाँ मात्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?