+
+
Shares

‘गङनम स्टाइल’को १० वर्ष : यी हुन् युट्युबमा अहिलेसम्म धेरै हेरिने पाँच गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ११:४४

काठमाडौं । दक्षिण कोरियाली गायक साईको चर्चित गीत ‘गङनम स्टाइल’ रिलिज भएको आज ठीक १० वर्ष पुगेको छ । कोरियाली कलाकारको विचित्र स्टाइल, ट्रेडमार्क, नृत्य शैलीको कारण भाइरल बनेको यो गीत युट्युबमा एक अर्ब पटक हेरिने पहिलो गीत समेत बनेको थियो ।

युटयुबले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार ‘गङ्नम स्टाइल’ आफ्नो प्लेटफर्ममा अहिलेसम्म धेरै हेरिएका उत्कृष्ट पाँचको सूचीमा अटाएको छ । आजको मितिसम्म यसलाई ४.४७ बिलियन पटक हेरिएको छ ।

युट्युबले उपलब्ध गराएको विज्ञप्तिमा साईले भनेका छन्, ‘युट्युबमा एक बिलियन पटक हेरिने पहिलो कलाकार बन्नुमा मलाई १० वर्षअघि जुन असाधारण महसुस भएको थियो, त्यस्तै महसुस अहिले पनि भइरहेको छ । सबै प्रकारको संगीतलाई सीमा नाघेर मार्ग प्रशस्त गर्न भूमिका खेल्नु नै साँचो सम्मान हो ।’

युट्युबले सन् २०१४ मा एउटा जोक्स गरेको थियो– ‘गङ्नम स्टाइलले २.१४७ बिलियन भ्युज पाउने बित्तिकै प्लेटफर्म क्र्यास भयो र युट्युब सफ्टवेयरको भ्युज क्षमता पनि सोही थियो ।’

जे बाल्भिन र जस्टिन बिबरका ११ गीत युट्युबमा १ बिलियन भ्युज पाउने गीत बनेका छन् । यो सूचीमा रिहाना, निकी मिनाज र मालुमा पनि समावेश छन् ।

यी हुन् युट्युबमा अहिलेसम्म धेरै हेरिएका पाँच गीत

१. लुइस फोन्सी : डेस्प्याक्टिको (७.९ बिलियन)

२. एड सिरन : सेप अफ यु (५.७ बिलियन)

३. विज खलिफा : सी यु अगेन (५.५ बिलियन)

४. मार्क रोन्सन : अपटाउन फन्क (४.६ बिलियन)

५. साई : गङनम स्टाइल (४.४ बिलियन)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?