काठमाडौं । फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक पोस्टरमा कलाकार सञ्जोग रसाइली र उनको वरपर कथा घुमेको मूल्यांकन गर्न सकिन्छ ।
अभिनय स्कुलका यी विद्यार्थीको यो डेब्यु फिल्म समेत हो । यसअघि सार्वजनिक टिजरमा अस्पतालमा भर्ना भएको बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ ।
साउन २० गते प्रदर्शन हुने फिल्ममा निशा अधिकारी चिकित्सक, रुविना थापा नर्स, नीराजन प्रधान प्रहरी अधिकृत, नरेन खड्का ग्याङस्टर भूमिकामा प्रस्तुत गरिएको छ ।
ल्यान्डस्केप र पोट्रेट शैलीमा रिलिज भएको पोस्टरमा कथाको रहस्यलाई गोप्य राखिएको छ । सुवर्ण थापा निर्देशित यो फिल्म साउन २० गते समेत प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4