+
+
Shares
बक्सअफिस :

यी हुन् सर्वकालीन धेरै कमाउने १० नेपाली फिल्म (अपडेट सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान' प्रदर्शनको ७५ औं दिनमा १७ करोड ७४ लाख नेरु कमाएर सर्वकालिन चौथो धेरै कमाउने नेपाली फिल्म बनेको छ।
  • 'परान' को कमाइ '१२ गाउँ' भन्दा झण्डै २ करोड कम छ र यसले त्यो फिल्मको स्थान उछिन्न मुस्किल हुनेछ।
  • सर्वकालिन शीर्ष १० नेपाली फिल्मको सूचीमा 'पूर्णबहादुरको सारङ्गी' पहिलो र 'कोहिनूर' दसौं स्थानमा छन्।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ अहिले पनि प्रदर्शनरत छ । मंगलबार दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मले प्रदर्शनको ७५ औं दिन सेलिब्रेसन गर्‍यो ।

सर्वकालीन धेरै कमाउने चौंथो फिल्मको रुपमा यो फिल्म आइसकेको छ । सिनेपाः बक्सअफिसको विवरणअनुसार, पछिल्लो शनिबारसम्म १७ करोड ७४ लाख नेरु ग्रस कमाउँदै यो फिल्म उक्त स्थानमा छ ।

अब प्रश्न उठ्छ, के यसले ‘१२ गाउँ’ को कमाइलाई उछिन्ला ? यो प्रश्नको जवाफ भने मुस्किल छ । यी दुई फिल्मबीच झण्डै २ करोड हाराहारीको दूरी भएकाले ‘परान’ लाई अब मुस्किल हुनेछ ।

यद्यपि, सर्वकालिन धेरै कमाउने शीर्ष १० नेपाली फिल्मको सूची तयार भैसकेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ शीर्षस्थानमा छ भने, ‘कोहिनूर’ दशौं स्थानमा छ । यस्तो छ अपडेट सूची :

१) पूर्णबहादुरको सारंगी- ४७ करोड ८७ लाख
२) कबड्डी ४- २१ करोड ४० लाख
३) १२ गाउँ- १९ करोड ९२ लाख
४) परान- १७ करोड ७४ लाख (प्रदर्शनरत)
५) छक्कापञ्जा ४- १७ करोड ५३ लाख
६) जारी- १७ करोड ४८ लाख
७) छक्कापञ्जा- १६ करोड १० लाख
८) महाजात्रा- १५ करोड ६७ लाख
९) छक्कापञ्जा ५- १५ करोड २० लाख
१०) कोहिनूर- १४ करोड ७५ लाख

स्रोत : सिनेपाः बक्सअफिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?