+
+

भोलि ५१ दिन मनाउँदै ‘कबड्डी ४’, ‘थोर’ले सात दिनमा कमायो २ करोड ८५ लाख ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १७:४६

काठमाडौं । अमेरिकी सुपरहिरो फिल्म ‘थोर : लभ एन्ड थन्डर’ले नेपाली बक्स अफिसमा पहिलो साता उत्साहजनक व्यापार गरेको छ । क्रिस हेम्सवर्थ स्टारर फिल्मले सात दिनमा २ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

फिल्मले दोस्रो सप्ताहन्तमा ३ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको एप्पलकी जेनिश पहारीले बताइन् । ‘अहिलेको ट्रेन्ड हेर्दा तीन करोड पार गर्ने अनुमान छ,’ उनले भनिन् ।

‘थोर’को यो श्रृंखलाले नेपाली बक्स अफिसमा गरेको एक साताको कमाइ ‘स्पाइडरम्यान : नो वे होम’ र ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ भन्दा केही कम हो । तर ‘ब्याटम्यान’को सोही समयको कमाइलाई यसले उछिनेको छ ।

यसैबीच, कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदैछ । ४२ दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ कमाएको छ ।

नेपालमा सबैभन्दा धेरै कमाउने रेकर्ड रचेको भारतीय फिल्म ‘बाहुबली २’को २३ करोड कमाइलाई के कबड्डी ४ ले उछिन्ला ? यो चासोको विषय बनेको छ ।

गत साता प्रदर्शनमा आएको नेपाली फिल्म ‘दोख’ले घरेलु बक्स अफिसमा कमजोर प्रदर्शन गरेको छ । सबै हलले अनुप बराल निर्देशित फिल्मलाई हटाएका छन् । समीक्षा राम्रो भए पनि फिल्मले दोस्रो साता प्रदर्शन हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?