+
+

कक्षा १२ को नतिजा भदौभित्र आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:२०

३१ साउन, काठमाडौं ।  कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने  राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘म आएदेखि समयभित्रै नतिजा सार्वजनिक गर्दै आएको छु । यो वर्ष पनि हुन्छ । त्यसरी हेर्दा भदौ कट्दैन ।’ परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण केन्द्रमा जम्मा गरेर परीक्षण थालिएको उनको भनाई छ ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?