+
+

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ, नेपालमा के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १४:५१
फाइल तस्वीर

१ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएको छ । जसका कारण भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

१६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको उनको दाबी छ ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण निगमलाई केही राहत भएको छ,’ उनले थपे, ‘निगमको नोक्सानी घट्नु पनि देश र जनतालाई फाइदै हो । तत्कालै मूल्य घट्ने जस्तो अवस्था भने कम छ ।’ गत १ जुलाईमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्याँसमा अझै प्रतिसिलिण्डर ५८२ रुपैयाँ घाटा रहेको पनि उनले बताए ।

घटेर आएको नयाँ मूल्य पछि पनि निगमलाई महिनामा अझै ४ अर्ब ३२ करोट घाटा रहेको उनको भनाइ छ । भारतले खरिद गरेर नेपालाई बिक्री गर्ने ब्रेन्ट क्रुड आयलको मूल्य पछिल्लो दुई सातामा १२ डलर जतिले घटिसकेको छ । आइतबार यो समाचार तयार पार्दासम्म ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १.२ सेन्टर डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?