+
+

मोदीसँग ‘लास्ट आवर’मा भेट हुन सकेन, तर टेन्सन छैन : प्रचण्ड

‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ प्रचण्डले भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १९:१२

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको स्वीकार गरेका छन् ।

शुक्रबार तीन दिने भारत भ्रमण सकेर आइतबार नेपाल फर्किनुअघि प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने तय भएको थियो । तर अन्तिम समयमा भेट रोकियो । आइतबार साँझ स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटलमा जाने क्रममा मोदीसँग हुने भेट स्थगित भएको जानकारी पाएको बताए ।

‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ प्रचण्डले अघि भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’

बीजेपीका अध्यक्षले बोलाएर  भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने प्रचण्डले सुनाए । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उनले बताए । प्रचण्डले भने, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । तर मलाई त्यसले केही टेन्सन भएको छैन ।’

उनले अघि भने, ‘ किनभने भन्नुपर्ने, गर्ने कुराहरु भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र फोटो खिच्ने त हुन्थ्यो होला, त्यो भन्दा बढी त समय थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?