+
+

यस्तो छ बार्सिलोनामा लेवान्डोस्कीको ‘फस्ट लुक्स’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ७:३३

२ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले नयाँ अनुबन्ध गरिएका फरवार्ड रोबर्ट लेवान्डोस्कीको फस्ट लुक्स सार्वजनिक गरेको छ ।

शनिवार मात्रै जर्मन क्लब बायर्न म्युनिकले लेवान्डोस्की स्पानिस क्लब जाने विषयमा सहमति भएको जनाएको थियो । यस्तै बार्सिलोनाले पनि लेवान्डोस्कीलाई अनुबन्ध गर्ने सहमति भएको जनाइसकेको छ ।  पोल्याण्डका यी फरवार्डको स्वास्थ्य परीक्षण हुन बाँकी छ । उनको स्वास्थ्य परीक्षण मायमीमै हुनेछ ।

बार्सिलोनाले आधिकारिक रुपमा सम्झौतामा हस्ताक्षर हुनुअघि लेवान्डोस्कीको भिडियो सार्वजनिक गरेको छ । जसमा कुनै आधिकारिक स्टेटमेन्ट दिएको छैन ।

प्रि सिजन टुर अन्तर्गत अमेरिकामा रहेको बार्सिलोना टिमसँगै लेवान्डोस्की फ्लोरिडा पुगेका छन् । जहाँ उनले बार्सिलोनाको लोगो भएको ड्रेस लगाएका छन् ।

३३ वर्षीय लेवान्डोस्की बार्सिलोना जानुलाई समर ट्रान्सफर विन्डोकै ब्लकबस्टर मुभ मानिएको छ ।

बायर्नमा ८ वर्ष बिताउँदा लेवान्डोस्कीले धेरै उपलब्धि हासिल गरे । उनले त्यहाँ ३७५ खेलमा ३४४ गोल गरे । यस्तै ८ बुण्डेसलिगा उपाधि, तीन जर्मन कप र २०२० मा च्याम्पियन्स लिग जिते ।

लेवान्डोस्कीले पनि बार्सिलोना जाने पक्का भएपछि आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

‘मलाई थाहा छ म छिटै ३४ वर्ष हुनेछु तर शारीरिक र मानसिक रुपमा बलियो अनुभव भइरहेको छ ।’ लेवान्डोस्कीले बिल्डसँगको एक्सक्लुसिभ अन्तर्वार्तामा भनेका छन् ।

उनले गत सिजन बार्सिलोनामा समस्या भएको तर यस क्लबमा छुट्टै क्षमता रहेको बताएका छन् । साथै अहिले सही ट्रयाकमा रहेको र शीर्ष स्थानमा पुग्न सक्ने बताएका छन् । ‘बार्सिलोनामा मेरो लक्ष्य क्लियर छ, उनीहरुसँग ट्रफीहरु जित्नु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?