+
+

एसियन कप आयोजनाका लागि चार राष्ट्रको इच्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १२:३९

२ साउन, काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ ।

एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् ।

यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ आयोजक राष्ट्रको खोजीमा छ ।

यसका लागि एएफसीका सदस्यले आयोजनाको लागि इच्छा देखाउन एएफसीले मे ३१ सम्मको समय दिएको थियो । पछि सदस्य राष्ट्रको आग्रहमा एएफसीले उक्त समय बढाएर जुलाई १५ सम्म पुर्‍याएको थियो ।

दिएका समयमा चार राष्ट्रले इच्छा देखाएका हुन् । एसियन कप आयोजनाको बिड गर्नका लागि एएफसीले बिडिङको नियम पठाइसकेको छ ।

अब यी चार राष्ट्रले आगामी अगष्ट ३१ सम्म बिडिङ डकुमेन्टसहित आफ्नो दाबेदारी पेश गर्नुपर्नेछ । उक्त दाबीमाथि एएफसी प्रशासनले मुल्यांकन गरेर अक्टोबर १७ मा आयोजक छान्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?