+
+

मनास्लु कप फुटवलको उपाधि साम्दोलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १७:१४

२ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा भएको चौथो मनास्लु कप फुटवल प्रतियोगिताको उपाधि साम्दो युवा क्लबले जितेको छ ।

आइतबार भएको फाइनल खलेमा स्याला स्कुललाई २–१ को गोल अन्तरले पराजित गर्दै साम्दोले उपाधि हात पारेको हो ।

उपाधि बिजेता साम्दो युवा क्लबले कप र मेडलको साथमा ८० हजार नगद पुरस्कार पाएको छ । उपबिजेता स्याला स्कुलले ४० हजार नगद पुरस्कारको साथमा मेडल प्राप्त गरेको छ । प्रतियोगीतामा तेस्रो बनेको सामागाउँ युवा क्लब ‘ए’ ले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

ल्हो युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए । पाँच वर्ष अघिदेखि हरेक बर्ष उत्तरी गोरखाको नुव्री क्षेत्रमा फुटबल प्रतियोगिता हुदै आएको साम्दोका वासिन्दा निमा दोर्जेले बताए ।

उनका अनुसार नुव्री भित्रका युवाहरु बिच सुमधुर सम्बन्ध कायम राख्दै खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ सोनाम दोर्जे लामाले सन् २०१७ बाट फुटवल प्रतियोगिताको सुरुवात गरेका थिए ।

आगामी बर्ष चुम क्षेत्रलाई पनि समेटेर प्रतियोगिता गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?