+
+

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १०:३६

३ साउन, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर-२ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए ।

गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु६प २०२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाइ पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको (डिएसपी) खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?