+
+

म्यानचेस्टर छोडेर जेसे लिंगार्ड पुगे नोट्टिङ्हममा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १४:२३

६ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका आक्रामक मिडफिल्डर जेसे लिंगार्ड फ्रि ट्रान्सफरमा नोट्टिङ्हममा अनुबन्ध भएका छन् ।

२९ वर्षे मिडफिल्डर लिंगार्डले यसैवर्ष प्रिमियर लिगमा बढुवा भएको नोट्टिङ्हममा १ वर्षको सम्झौता गरेका हुन् ।

इंग्ल्यान्डका लागि ३२ क्याप जितेका २९ वर्षीय मिडफिल्डर लिंगार्डले नटिङह्याममा १ वर्षका सम्झौता गरेका हुन् । उनी यो समरमा नोट्टिङ्हममा अनुबन्धित हुने ११औं खेलाडी हुन् ।

युनाइटेडकै एकेडेमीका उत्पादन लिंगार्डले २२ वर्षपछि क्लब छाडेका हुन् । उनको क्लबसँगको सम्झौता यो सिजनको अन्त्यसम्म थियो । २०११ देखि युनाइटेडको सिनियर टोलीमा रहेका लिंगार्डले २३२ खेलमा ३५ गोल गरेका छन् ।

अधिकांश सिजन लोनमा अन्यत्र क्लब पुगेका लिंगार्डले लेस्टर सिटी, बर्मिङहम सिटी, ब्राइटन, डर्वी काउन्टी र वेस्टहाममा लोनमा खेलेका थिए । आफ्नो लोन अवधि पूरा गर्दै उनी गत सिजन युनाइटेड फर्किएका थिए । उनले गत सिजन युनाइटेडका लागि २२ खेलमा २ गोल गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?