+
+

११ हजार पटक शरीर छेडेर विश्व किर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:५९

काठमाडौं । संसारमा धेरै मानिसहरु आफ्नो अनौठो शोखका कारण चर्चित बनेका छन् । त्यसमध्येकी एक महिलाले आफ्नो शरीरलाई ११ हजार पटक प्वाल पारेर विश्व किर्तिमान कायम गरेकी छिन् ।

स्कटल्याण्डको एडिनबर्गमा बस्ने ६५ वर्षकी इलेन डेभिडसनलाई झ्वाट्ट देख्दा जो कोही पनि डराउन सक्छ । उनले आफ्नो शरीरलाई ११ हजार ३ सय पटक छेडाएकी छिन् ।

इलेनले पहिलोपटक सन् १९९७ मा शरीरमा पियरसिङ अर्थात् छेडेकी थिइन् । सन् २०१९ मा उनको शरीरमा छेदको संख्या ११ हजार नाघेको थियो । त्यसपछि उनले निरन्तर शरीर छेड्दै आएकी छिन् ।

एनले २५ वर्षको उमेरमा आफ्नो शरीरमा यतिधेरै छेद बनाइन् कि उनले विश्व रेकर्ड नै कायम गरिन् । सन् २०१९ मा ११ हजार ३ वटा छेद शरीरमा बनाएर उनले गिनिज बुकमा आफ्नो नाम दर्ज गराएकी थिइन् ।

उनको अनुहार र शरीर निकै भयानक देखिन्छ । तर उनी आफ्नो लुक्सदेखि निकै खुसी छिन् । उनी अरुभन्दा आफूलाई अलग देखाउन मन पराउँछिन् ।

इलेनले आफ्नो शरीरमा छेद पार्नका लागि कुनै पनि ठाउँ खाली छाडेकी छैनन् । टाउकोदेखि गालासम्म अनि बक्षस्थल र नितम्बदेखि गुप्ताङ्ग सम्म कुनैपनि ठाउँ सग्लो छैन, सबैमा छेद पारिएको थियो । उनले हजारौँ छेदसँगै शरीरभर टाटु पनि बनाएकी छिन् । शरीरमा छेद पारेर कीर्तिमान राख्नु अगाडि इलेन नर्सको पेशामा आबद्ध थिइन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?