+
+

नयाँ पुयोल बन्दै बार्सिलोनाका रोनाल्ड अराउजो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १७:२१

९ साउनकाठमाडौं । बार्सिलोनाका पूर्व कप्तान कार्लोस पुयोलले सन्यास लिएको ८ वर्ष बितिसकेको छ । एकै क्लबबाट खेलेका उनले २०१४ मा बार्सिलोनाबाट बिदा लिएका थिए ।

पुयोल बार्सिलोनाका सफल कप्तानसँगै जबरजस्त डिफेण्डर समेत थिए । विपक्षी फरवार्डलाई गोल गर्नबाट रोक्ने मुख्य काम त हुन्थ्यो नै । उनी मौका पाउँदा गोल गर्नसमेत अघि सर्थे ।

अहिले उनै पुयोल जस्तै देखिएका छन् २३ वर्षीय डिफेण्डर रोनाल्ड अराउजो ।

रोनाल्डलाई नै अहिले नयाँ पुयोल भन्न थालिएको छ । ४४ वर्षीय पूर्व कप्तान पुयोलको जस्तै अराउजो सेन्ट्रल डिफेण्डरका रुपमा खेल्छन् र विंगरका रुपमा पनि ।

प्रि सिजन टुरमा अमेरिकामा रहेको बार्सिलोनाले शनिवार ला लिगा प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दा उनै अराउजोले उत्कृष्ट प्रदर्शन गरे । उनले रियलको बायाँ डिफेन्स लाइनलाई ध्वस्त पारे ।

मड्रिड विरुद्ध क्लासिकोमा रोनाल्ड अराउजोले रक्षात्मक जिम्मेवारी पूरा गर्दै फेरि पनि आफूलाई प्रमाणित गरे ।

प्रशिक्षक जाभीले रियलका भिनिसिय जुनियरलाई कभर गर्न रोनाल्डलाई फुल ब्याकको रुपमा खेलाएर आफ्नो रणनीति दोहोर्‍याए ।

लस भेगासमा अराउजोले दोहोरो काम गरे । उनले भिनिसियसलाई मात्र ‘कभर’ गरेनन् रियलका नयाँ अनुबन्ध एन्टोनी रुडिगरलाई समेत माथ दिए ।

जर्मन डिफेण्डर रुडिगर लेफ्ट ब्याक पोजिसनमा खेलेका थिए  । जुन कार्लो एन्सेलोट्टीको टिममा ठूलो आश्चर्य थियो । चेल्सीका पूर्व खेलाडी रुडिगर डिफेन्समा राम्रा थिए तर उनी फ्लांकमा अगाडि बढेर खेले जसले उनलाई कठिन बनायो ।

रुडिगरलाई अराउजोले खेल्न कठिन बनाइदिए । अराउजो जाभीको टिममा दायाँ साइडमा भएको समस्याको समाधानको रुपमा देखिएका छन् । उनले सेन्ट्रल डिफेण्डरको भन्दा साइडमा राम्रो प्रदर्शन देखाएका छन् ।

उत्कृष्ट कप्तान पुयोल जस्तै

यो प्रदर्शनले अराउजोलाई पूर्व कप्तान पुयोलसँगै तुलना गराएको छ ।

लेजेण्डरी पुयोल क्लब पुटबल इतिहासकै सर्वकालीन महान डिफेण्डरमध्ये एक हुन् । तर अचम्म के छ भने ग्रासरुट फुटबलमा उनी स्ट्राइकर थिए ।

लुइस भान गालले उनलाई स्कवरिङ विंगर बनाएर अन्तत उनी बार्सिलोनाको इतिहासमा उत्कृष्ट सेन्ट्रल डिफेण्डर बने । उनले सेन्ट्रल डिफेण्डरको रुपमा पनि विंगरको जस्तो काम गरे ।

अहिले अराउजोले पनि उरुग्वेमा स्ट्राइकरको रुपमा खेले । त्यसपछि टिमको आवश्यकता र उनको शारीरिक क्षमताका कारण उनी सेन्टर ब्याक पोजिसनमा खेल्न थाले । त्यसपछि उनले नयाँ पोजिसनमा राम्रो खेलिरहेका छन् ।

पुयोलसँगको तुलनामा केही साहस छ, तर तीन सिजन डिफेन्समा खेल्दा रोनाल्ड वास्तविकता हो भन्न सकिन्छ ।

अर्को पक्ष के भन्दा उनी पछिल्लो खेलमा रियलका खेलाडीहरुका लागि पर्खाल जस्तै बने अनी उनले रुडिगरलाई समेत जबरजस्ती रोक्न सफल भए ।

मु्ण्डो डिपोर्टिभोबाट 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?