+
+

प्राङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १८:३६

१० साउन, काठमाडौं । प्राङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिंडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए ।

उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । त्यसपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?