११ साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन । बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको ।
अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र सिंगापुर सेनाका भूपू गोर्खा सैनिकको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । तर बैठक सुरु नभएपछि एमाले नेता भीम रावलले बैठक हलमा कविता सुनाए :
देशको लागि लड्ने सालिक भएछ
देश द्रोही मान्छे चाहिँ मालिक भएछ
समितिको बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरु दीपक प्रकाश भट्ट, लीलादेवी सिटौला, चादतारा कुमारी, , रेनुका गुरुङ उपस्थित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4