+
+
Shares

परराष्ट्रमन्त्रीको ब्रिफिङ सुन्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सञ्चारकर्मीलाई रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते ११:२७

२३ असार, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची रहे पनि ‘संवेदनशील विषय’ भएको भन्दै मिडियालाई रोक लगाइएको हो।

बैठकमा परराष्ट्रमन्त्री खनालले आफ्ना हालैका छिमेकी मुलुकहरू भारत र चीन भ्रमणका साथै समसामयिक कूटनीतिक विषयहरूमा समितिका सदस्यहरूलाई जानकारी गराएका छन्। ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका विविध आयामबारे उनले समितिलाई अवगत गराएको बताइएको छ।

गम्भीर तथा कूटनीतिक विषयमा खुला छलफल गर्नुपर्ने कारण देखाउँदै समितिले सञ्चारमाध्यमलाई रिपोर्टिङका लागि बैठक कक्षमा प्रवेश अनुमति नदिएको हो।

उक्त छलफलमा परराष्ट्रमन्त्री खनालका साथै परराष्ट्र मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?