
११ साउन, काठमाडौं । श्रीलंकाली सरकारका प्रवक्ता बान्दुला गुणबद्र्धनले पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे घर फर्कन इच्छुक रहेको बताएका छन् ।
अहिले सिंगापुरमा रहेका गोटाबाया श्रीलंका फर्कन इच्छुक रहेको तर कहिले फर्कने भन्ने टुंगो नलागेको उनले बताए । पत्रकारसँग बान्दुलाले भने, ‘मेरो जानकारीमा भए अनुसार उहाँ स्वदेश फर्कन इच्छुक हुनुहुन्छ ।’
देश आर्थिक संकटमा फसेपछि नागरिकले गरेको प्रदर्शन उग्र बन्दै गएपछि उनी भागेका थिए । माल्दिभ्स हुँदै सिंगापुर पुगेका उनले त्यहीबाट राजीनामा पठाएका थिए ।
सिंगापुर सरकारका अनुसार गोटाबायाले राजनीतिक शरण मागेका छैनन् । उनले नियम अनुसार सिंगापुरमा बस्नका लागि १४ दिनको भिषा लिएका थिए । उनको भिषाको म्याद फेरि १४ दिन थपिएको छ ।
– एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4