+
+

एकैदिन थप ७१० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १६:३०

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा  ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । जसमध्‍ये ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५४९पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?