+
+

प्रदीपसँगको भेटमा गण्डकीका मन्त्रीले भने- प्रेमगीत ३ रिलिजमा सघाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १७:४४

काठमाडौं । गण्डकी प्रदेश सरकारले फिल्म ‘प्रेमगीत ३’को प्रदर्शनमा सघाउने भएको छ । अभिनेता प्रदीप खड्कासँगको भेटपछि प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रदीपसँगको भेटको तस्वीर सेयर गर्दै मन्त्री थापाले फिल्मले गण्डकी प्रदेशको पर्यटकीय विकासमा सघाउने आशा लिएको बताएका छन् ।

साथै, प्रदेशको पर्यटकीय विविधतालाई फिल्मले देश विदेशमा झल्काउने आशा सरकारले लिएको पनि उल्लेख गरेका छन् । ‘विश्वका अन्य फिल्मको स्वाद नेपाली दर्शकले लिइराखेको परिप्रेक्ष्यमा हाम्रा फिल्म समेत विभिन्न भाषामा डबिङ भई विश्व बजारमा पुग्नु खुसीको कुरा हो,’ उनले भनेका छन् ।

मन्त्री थापाले प्रदीपको आगामी फिल्म प्रकाशको ट्रेलर समेत हेरेका थिए । भेटमा सहभागी फिल्म निर्देशक दिनेश राउतले फिल्मको प्रचारमा सघाउने आश्वासन आफूहरुले मन्त्रीबाट पाएको अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रेमगीत ३’ असोज र ‘प्रकाश’ भदौ १० गते प्रदर्शनको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?